२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

युवालाई समृद्ध नेपाल निर्माणमा लाग्न प्रचण्डको आग्रह

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अन्तरराष्ट्रिय युवा दिवसका अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण युवामा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

गरिबी, असमानता, जलवायु परिवर्तन र अन्य विश्वव्यापी चुनौतीबाट पार पाउँदै दिगो विकासका लक्ष्य प्राप्तिमा युवा वर्ग लाग्नुपर्नेमा उनले जोड दिएका छन् । साथै, अध्यक्ष दाहालले सामाजिक न्यायसहितको समृद्ध नेपाल निर्माणमा लाग्न युवा जमातलाई आह्वान गरेका छन् ।

माओवादी नेतृत्वको सरकारले युवालाई आर्थिक, सामाजिक र राजनीतिक रूपमा सबल बनाउन विशेष प्राथमिकता दिएको उनले शुभकामना सन्देशमा स्मरण गराएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट