२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

यो वर्ष ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू गर्छौं : मन्त्री गुरुङ

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यो वर्ष दोस्रो चरणको ‘डिजिटल नेपाल फ्रेमवर्क–२’ लागू हुने बताएका छन् ।

राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिद्वारा आज आयोजित बैठकमा मन्त्री गुरुङले डिजिटल नेपाल फ्रेमवर्क–२ (डिएनएफ–२) को मस्यौदा तयारी भइसकेको र मन्त्रालयले चाँडै कार्यान्वयनको स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पेस गर्ने जानकारी दिएका हुन् ।

सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले ‘डिजिटल गभर्नेन्स’ अवलम्बन गर्ने सम्बन्धमा सरकारका तर्फबाट भएका कामकारबाही बारेमा छलफल गर्न समितिको बैठक आयोजना गरेको हो ।

मन्त्री गुरुङका अनुसार सरकारले २०७६ मा पहिलो चरणको डिजिटल ‘फ्रेमवर्क’ (डिएनफ १.०) ले ८ मुख्य ‘डोमेन’ र ८० वटा ‘इनिसिएटिभ्स’को फ्रेमवर्क तयार पारेको थियो । दोस्रो चरणको डिजिटल फ्रेमवर्क समयसापेक्ष रहेको फ्रेमवर्कमा आठ ‘डोमेन’ कृषि, स्वास्थ्य, शिक्षा, सहरी पूर्वाधार, ऊर्जा, पर्यटन, वित्त र डिजिटल ‘फाउन्डेसन’ समेटिएका छन् ।

देशको आर्थिक रुपान्तरण र समृद्धिका लागि महत्वपूर्ण अवधारणाका रुपमा अधि सारिएको डिजिटल नेपाल फ्रेमवर्क कार्यान्वयनका लागि रु एक खर्ब सात अर्ब ५० करोड बजेट लाग्ने अनुमान गरिएको छ ।

सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले डिजिटल फ्रेमवर्कको लक्ष्य पूरा हालसम्म बाह्य सहायता प्राप्त नभएकाले सञ्चार तथा सूचनाप्रविधि मन्त्रालयले आफ्नै प्रयासमा डिजिटल नेपाल फ्रेमवर्क–२ लागू गर्ने जानकारी दिए ।

साथै, डिजिटल नेपाल फ्रेमवर्क–२ का विषयगत क्षेत्रलाई लागू गर्न सम्बन्धित मन्त्रालयसँग साझेदारी गर्नुपर्ने बताउँदै मन्त्री गुरुङले मन्त्रालयगत समन्वयका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्य सचिवको संयोजकत्वमा समिति गठन हुने जानकारी दिए ।

डिजिटल नेपाल फ्रेमवर्क प्रभावकारी बनाउन मन्त्रालयले कृत्रिम बौद्धिकता (एआई) को नीतिगत मस्यौदा चाँडै मन्त्रिपरिषद्बाट स्वीकृत गरिने उनले सुनाए ।

हुलाक सेवा विभागलाई ‘डिजिटाइजेसन’, ‘डेटा सेन्टर’ निर्माणलगायत कार्यमा आफ्नो मन्त्रालय सक्रिय रहेको जानकारी दिँदै मन्त्री गुरुङले ‘फोरजी नेटवर्क’ घरघरमा पुर्याउनाका साथै यो वर्ष ‘फाइभ जी नेटवर्क’लाई काठमाडौँ र पोखराबाट थालिने बताए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट