२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

सभापति देउवाद्वारा सहिद खनालको सालिक अनावरण

मंगलवार , श्रावण २७, २०८२

दमौली (तनहुँ) । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भिमाद नगरपालिका–६ मा निर्माण गरिएको सहिद कल्याण खनालको अर्धकदको सालिकको आज अनावरण गरेका छन् ।

सहिद कल्याण खनालको २३औँ स्मृतिसभाको अवसर पारेर सहिद कल्याण खनाल स्मृति प्रतिष्ठानले निर्माण गरेको सालिकको सभापति देउवाले अनावरण गरेका हुन् ।

नेपाली कांग्रेसका तत्कालीन नेता स्व खनालको विसं २०५९ साउन २७ गते तत्कालीन विद्रोही समूहले हत्या गरेका थिए । स्व खनालको योगदानको सम्झनाका लागि यहाँ सालिक निर्माण गरिएको नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट