२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

देशको कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्छ : सांसदहरू

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । राष्ट्रियसभाका सांसदहरूले देशको कर प्रणालीलाई पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रियसभाको आजको बैठकको विशेष समयमा उनीहरूले पुँजीवादी मुलुकमा पनि प्रगतिशील कर प्रणाली अवलम्बन गरिएको चर्चा गर्दै कर प्रणाली पारदर्शी नहुँदा वित्तीय अनुशासन कायम हुननसकेको बताए ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्र र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) की उर्मिला अर्यालले कर प्रणालीलाई पाररदर्शी बनाउनुपर्नेमा जोड दिए । चिनीले भरिएका बोरालाई चामल भनेर भन्सारबाट बिल बनाइने गरेको आरोप सांसद मिश्रले लगाए । राष्ट्र निर्माणमा महिलाले गरेको योगदानको कदर नभएको तथा उनीहरूलाई उचित स्थान नदिइएको गुनासो सांसद अर्यालको थियो ।

यसैबीच, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) की सांसद मदनकुमारी शाह (गरिमा) ले युवा लक्ष्यित नीति तथा कार्यक्रम कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् ।

नेपाली कांग्रेसकी विष्णुदेवी पुडासैनीले अविरल वर्षाका कारण देशका विभिन्न भागमा पहिरो खस्दा सडक अवरुद्ध भएकाले तिनको मर्मतसम्भारलाई प्राथमिकता दिन सरकारसँग अनुरोध गरिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट