२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

बलात्कारमा संलग्नलाई जन्मकैद सजायको व्यवस्था गर्न माग

मंगलवार , श्रावण २७, २०८२

काठमाडौं। सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद हर्कमाया विश्वकर्माले बलत्कारमा संलग्नलाई जन्मकैदको कानुन बनाउन संसद्को ध्यानाकर्षण गराएकी छिन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले विद्यमान कानुन संशोधन गरेर त्यस्ता अपराधमा संलग्नलाई कडा सजायको व्यवस्था गर्नुपर्ने बताइन् ।

“जघन्य अपराधमा संलग्न हुनेलाई थप कानुन परिमार्जन गरी जन्मकैदको सजाय दिलाउन कडा कानुन बनाउन माग गर्दछु”, सांसद विश्वकर्माले भनिन् । उनले दैलेखको चामुण्डा नगरपालिकामा तीज पर्वका अवसरमा आयोजित साङ्गीतिक कार्यक्रम हेरेर घर फर्कने क्रममा १३ वर्षीया बालिकामाथि भएको बलात्कारको घटनामा संलग्नलाई कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइन् ।

नेपाली कांग्रेसका सांसद नारायणप्रकाश साउँदले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु वन्यजन्तु आरक्ष पीडितको समस्या समाधानमा राज्यले करोडौँ रुपैयाँ खर्च गरे पनि अझै सो समस्या सम्बोधन नभएको उल्लेख गर्दै पीडितका समस्या हल गर्न सरकारको ध्यानाकर्षण गराए ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का सांसद रुपाशोशी चौधरीले कैलाली जिल्ला कारागारमा भएको लज्जास्पद घटनाको निष्पक्ष छानबिन गरी कारागार व्यवस्थापनलाई चुस्त बनाउन सरकारको ध्यानाकर्षण गराए। “सुरक्षा निकायको घेरामा रहने बन्दीले झडप गर्दा किन कारागारा प्रशासन मौन बस्यो ?”, उनले प्रश्न गरे ।

 

 

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट