२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

प्रतिनिधिसभा बैठक : समसामयिक विषयमा ध्यानाकर्षण

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा भाग लिने सांसदहरूले अख्तियारसँग सम्बन्धित विधेयक, भ्रष्टाचार नियन्त्रण, सुशासन कायम, कारागार र कैदीको अवस्थालगायत समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गरे ।

सो अवसरमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सांसद अम्मरबहादुर थापाले राष्ट्रियसभाबाट पारित भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग (तेस्रो संशोधन) विधेयक, २०७६ कहाँ छ भन्ने प्रश्न गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा आएको विधेयक यथासक्य चाँडो पारित गर्नुपर्ने धारणा व्यक्त गरे ।

नेकपा (माओवादी केन्द्र) का सांसद अमनलाल मोदीले सदनमा आफूले उठाएका विषयवस्तुमाथि सरकारको ध्यान नगएको भनी दुःख व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणसहित सुशासनका पक्षमा सरकारको ध्यानाकर्षण गरे ।

नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले देशभरका कारागारको वस्तुस्थितिको अध्ययन गरी सुधारका निम्ति तत्काल कदम चाल्न सरकारसँग अनुरोध गरे ।

नेकपा (एमाले) की सांसद अस्माकुमारी चौधरीले कारागारमा कैदीबन्दीबीच झपड भई ज्यान जानेसम्मका घटना हुनु चिन्ताको विषय भएकाले त्यसतर्फ गम्भीर हुन गृहमन्त्रालयको ध्यानाकर्षण गरिन् ।

एमाले सांसद ईश्वरबहादुर रिजालले सदन बहिष्कार नभई बहसको थलो भएको उल्लेख गर्दै बहिष्कार गर्ने सांसदले जनताको आवाज दबाउने काम गरिरहेको टिप्पणी गरे ।

एमाले सांसद ईश्वरी घर्तीले माध्यमिक शिक्षा परीक्षा (एसइई) र कक्षा १२ को नतिजामा त्रुटि हुँदा विद्यार्थी र अभिभावकले समेत मानसिक तनाव व्यहोर्नुपर्ने भएकाले परीक्षाको प्रणालीमा सुधार गर्नुपर्ने धारणा व्यक्त गरिन् ।

माओवादी केन्द्रका सांसद छिरिङ डम्डुल लामा भोटेले यही साउन १२ गते हुम्लाको लिमी गाउँमा पुनः हिमपहिरो जाँदा सिङ्गो गाउँ नै जोखिममा परेको जानकारी दिँदै सो क्षेत्रका प्रभावित जनतालाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न सरकारसँग अनुरोध गरिन् ।

सांसद कालुराम राई, उर्मिला थेवे, कान्तिका सेजुवाल, गङ्गा कार्की, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, छिरिङ ल्यामु लामा तामाङ, जावेदा खातुन जागा, जुलीकुमारी महतो महासेठलगायतले आमजनताको दैनिकीसहित समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट