काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पार्टीको दबाबको कारण राज्य व्यवस्था समितिको सभापति पदबाट राजीनामा नदिएको दावी गरेका छन् ।
मंगलबार संसद्बाट राजीनामा घोषणापछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।
उनले पार्टी सभापति शेरबहादुर देउवाले आफूलाई राजीनामाको लागि दबाब नदिएको बताए ।
उनले हिजोसम्म सभापति देउवाले पनि बस्न भनेको तर आफ्नो मनले नमानेपछि राजीनामा दिएको बताए ।
https://sunaulonepal.com/content/377123/
प्रतिक्रिया दिनुहोस