२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

जलविद्युत् आयोजना सञ्चालकहरू मालामाल हुने, जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्छ : सांसद माझी

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । प्रतिनिधिसभा सदस्य उर्मिला माझीले जलविद्युत् सञ्चालकहरू मालामाल हुने तर परियोजना सञ्चालन भएका जिल्लाका जनता गरीब भइरहने अवस्था अन्त्य हुनुपर्ने बताएकी छन् ।

संसद्को आजको आकश्मिक समयमा (माओवादी केन्द्र) की सांसद माझीले लमजुङको मस्र्याङ्दी गाउँपालिकामा रहेको सुपर न्यादीमा पहिरोमा परी १ जनाको मृत्यु तथा ३ जना घाइते भएकोमा दुःख व्यक्त गर्दै घाइतेको उपचार र क्षतिपूर्ति उपलब्ध गराउन ध्यानाकर्षण गराइन् ।

उनले लमजुङ जिल्लामा अहिले ३०० मेगावाटभन्दा बढि बिजुली उत्पादन गरेर जलविद्युतको हब बन्दैगर्दा त्यहाँका युवाहरू भने उचित रोजगारी नपाएर विदेशमा भौतारिनुपर्ने अवस्था भएको उल्लेख गर्दै युवाहरूलाई रोजगारीको लागि सरकारले र सरोकारवालाले पहल गर्नुपर्नेमा जोड दिइन् ।

उनले भनिन्, “जलविद्युत् परियोजना सञ्चालहरू मालामाल हुने तर त्यहाँका जनता गरीवीको मारमा बसिरहनुपर्ने अवस्थाको अन्त्य कसरी हुने हो ? सरकारले जवाफ दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट