२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अर्थतन्त्र सबल बनाउन राजनीतिक दल एकताबद्ध हुनुपर्छ : उपमहासचिव ज्ञवाली

मंगलवार , श्रावण २७, २०८२

विराटनगर । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले मुलुकको विकास र जनजीवनको उन्नतिका लागि राजनीतिक दलहरूले अर्थतन्त्र सबल बनाउनतर्फ एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन् ।

कृष्णप्रसाद सिग्देल स्मृति प्रतिष्ठानले सोमबार विराटनगरमा आयोजना गरेको १६ औँ स्मृति सभा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै उनले समृद्ध नेपालको लागि दलहरूको प्राथमिकता आर्थिक सबलीकरणमा केन्द्रित हुनुपर्ने बताए ।

ज्ञवालीले नेपाल विकासमा पछाडि नरहेको दाबी गर्दै हाल ७७ जिल्लामा सडक सञ्जाल विस्तार, ९७ प्रतिशत विद्युत् तथा खानेपानी पहुँच र ९९ प्रतिशत बालबालिका विद्यालयमा पहुँच रहेको तथ्यांक प्रस्तुत गरे । उनका अनुसार यही विकासक्रमका आधारमा आगामी सन् २०२६ मा नेपाल विकसित देशमा परिणत हुने सम्भावना प्रबल छ ।

पूर्वमन्त्री समेत रहेका ज्ञवालीले मधेश प्रदेशमा खेतीका लागि आकासे वर्षामा निर्भरता अन्त्य गर्न सुनकोशी डाइभर्सन निर्माण कार्य पूरा भएपछि एक लाख ८२ हजार बिघा जमिनमा सिंचाइ हुने बताए ।

विराटनगर महानगर प्रमुख नागेश कोइरालाले सङ्घीयता स्थापना भएपछि मुलुकले विकासमा फड्को मारेको चर्चा गरे ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष सीता सिग्देल, उद्योगी चेतन निरौला, एमाले नेता विनोद ढकाल, नेपाल उद्योग संगठन मोरङ अध्यक्ष नन्द किशोर राठीलगायत वक्ताहरूले स्व. कृष्णप्रसाद सिग्देलको कठिन सङ्घर्ष र व्यवसायिक सफलताको प्रेरणादायी यात्रा स्मरण गर्दै उनको योगदानबाट सबैले सिक्नु पर्नेमा जोड दिए ।

सो अवसरमा २१ हजारसहित नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्टलाई सम्मान गरिएको थियो भने नेपाल घरेलु तथा साना उद्योग संघ मोरङका चेतन निरौला, महिला उद्यमी अम्बिता भण्डारी, जनता उच्च मावि मधुवन, सुनसरीका विद्यार्थी पिंकी खत्वे, सुशील खत्वे, स्वस्तिका ट्रान्सपोर्ट प्रालिका मजदुरहरूलाई कपडा तथा नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट