२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

नेपालको प्रविधि रूपान्तरणका लागि साझा दृष्टिकोण निर्माण सम्बन्धी कार्यशाला सम्पन्न

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । नेपालको दिगो विकास र समृद्धिको लागि प्रविधिको रूपान्तरणकारी सम्भावनालाई उजागर गर्दै साझा दृष्टिकोण निर्माण गर्ने उद्देश्यका साथ आज सरोकारवाला निकायहरूको उपस्थितिमा एक कार्यशाला काठमाडौँमा सम्पन्न भएको छ ।

कार्यशालाको सम्बोधन गर्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले विश्वव्यापी रूपमा प्रविधिले अर्थतन्त्र, समाज र शासनलाई तीव्र गतिमा पुनर्गठन गरिरहेको बताएका छन् । नेपालको लागि डिजिटल क्रान्ति अँगाल्नु विकल्प मात्रै नभई आवश्यकता भएको उनले बताए । प्रविधिको प्रभावकारी प्रयोगले सेवा वितरणमा सुधार, रोजगारी सिर्जना र अन्तर्राष्ट्रिय प्रतिस्पर्धा बढाउने उनको भनाई छ ।

हाल नेपालमा इन्टरनेट पहुँच विस्तार र सूचना प्रविधि क्षेत्रमा प्रतिभाशाली युवाको संख्या बढ्दो भए पनि पूर्वाधारको पर्याप्त विकास, सबै जनसक्तिमा डिजिटल साक्षरता, स्टार्टअपका लागि नीति समर्थन, वित्त तथा बजारमा पहुँच जस्ता क्षेत्रमा अझै चुनौती रहेको मन्त्री भण्डारीको भनाई छ ।

उनले भने, “डिजिटल नेपाल फ्रेमवर्क, राष्ट्रिय स्टार्टअप उद्यम नीति २०८१, औद्योगिक व्यवसाय ऐन २०७६, र कम्पनी ऐन २०६३ मा समावेश प्रावधानलाई सकारात्मक कदमका रूपमा मूल्याङ्कन गरिएको छ । तर, सीप विकास रोडम्यापको अभाव, संस्थागत तथा नियामक कमजोरी, शिक्षा र नवीन पूर्वाधारमा छरिएको लगानी जस्ता अवरोधहरूलाई तत्काल सम्बोधन गर्नुपर्ने छ ।”

मन्त्री भण्डारीले प्रविधिहरु परिस्कृत भैरहेकोमा नयाँ पुस्ताले यसको सदुपयोग गर्दै नेपालमै सुनौलो भविष्य खोज्नुपर्नेमा जोड दिए । प्रविधिले सम्भावनाका ढोकाहरु खुल्ला गरेको भन्दै उनले यो प्रणालीको विकासमा जोडदिनुपर्ने बताए ।

एशियन डेभलपमेन्ट बैंक (ADB) मार्फत ‘टेक एन्ड टेक–इनेबल्ड स्टार्टअप’ सम्बन्धी अध्ययनका निष्कर्ष र सिफारिसमाथि छलफल गर्दै कार्यशालाका सहभागीहरूले पूर्वाधार, नीति तथा नियमन, सीप र प्रतिभा विकास, वित्तमा पहुँच, नवप्रवर्तन र डिजिटल समावेशीकरणका क्षेत्रमा ठोस र कार्यान्वयनयोग्य योजनाहरू बनाउन सुझाव दिएका छन् ।

कार्यशालामा सरकारी निकाय, निजी क्षेत्र, विज्ञ, उद्यमी, र विकास साझेदारहरूको प्रतिनिधित्व रहेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट