२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

रुपन्देही– ३ को उपनिर्वाचनमा भाग लिन रास्वपाले गरायो आयोगमा दल दर्ता

मंगलवार , श्रावण २७, २०८२

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधि सभा सदस्य उपनिर्वाचनमा भाग लिन निर्वाचन आयोगमा दल दर्ता गराएको छ ।

रास्वपाले सोमबार आगामी २०८२ साल कार्तिक १७ गते हुने उपनिर्वाचनमा पार्टीले भाग लिन निर्वाचन आयोगलाई पत्र पठाएको हो ।

नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ताका लागि निवेदन पेस गरिएको पार्टीले जनाएको छ ।

निर्वाचन आयोगले गत साउन १६ गते गोरखापत्र दैनिकमा एक सूचना प्रकाशित गरी उपनिर्वाचनका लागि दल दर्ता गराउन आवश्यक कागजातसहित निवेदन दिन भनेको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट