काठमाडौं । राप्रपाको भ्रातृ संस्था राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन काठमाडौं जिल्ला अधिवेशन स्थगित भएको छ।
अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री धवल शम्शेर राणा पक्षधरका युवाहरूबीच झडप भएपछि अधिवेशन स्थगित भएको हो । यस्तो अवस्थामा अधिवेशन हुन नसक्ने भन्दै अध्यक्ष लिङ्देनले स्थगित भएको घोषणा गरेका हुन् ।
केही युवाहरु मञ्चमा उक्लिएर होहल्ला गरेपछि हात हालाहालको स्थिति सिर्जना भएको हो ।
प्रतिक्रिया दिनुहोस