काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक र नीतिगत स्थिरता कायम गरौँ र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔँ भन्ने उद्धेश्यले संसद्का दुई प्रमुख दलहरूबीच समीकरण भएको बताएका छन् ।
बुधबार प्रतिनिधिसभा बैठकमा समसामयिक विषयमा आफ्ना धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीले २०८४ को निर्वाचनसम्म अहिलेकै राजनीतिक समीकरण कायम रहने पनि दाबी गरे ।
उनले भने, ‘मुलुकमा राजनीतिक र नीतिगत स्थिरता कायम गरौं र बिग्रेको अर्थतन्त्रलाई सही बाटोमा फर्काऔं भनेर संसद्का दुई प्रमुख दलहरू मिलेर, अन्य दलहरूको समेत सहयोगमा यो सरकार बनेको हो ।’
उनले विपक्षील दलले अस्थिरताको जतिसुकै चाहना राखे पनि आगामी ०८४ को निर्वाचनसम्म यही समीकरण रहने दोहोर्याए ।
प्रतिक्रिया दिनुहोस