२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

'उद्यम यात्रा, अनुभव र उत्प्रेरणा' विषयक युवा उद्यम संवाद् सम्पन्न

बुधवार , श्रावण २८, २०८२

विराटनगर । अन्तर्राष्ट्रिय युवा दिवशको अवसरमा उद्योग संगठन मोरङ, महिला उद्यम समितिको आयोजनामा “उद्यम यात्रा, अनुभव र उत्प्रेरणा” विषयक युवा उद्यम सम्वाद कार्यक्रम सम्पन्न भएको छ ।

युवाहरुलाई उद्यमशीलता सम्बन्धी ज्ञान, अनुभव र उत्प्रेरणा प्रदान गर्ने उद्देश्यका साथ भएको कार्यक्रममा स्र्टाटअप व्यवसायीले आफनो उद्यम यात्रा तथा अनुभवहरू साझा गरी सहभागिहरुलाई व्यवसायीक विकासको व्यावहारिक ज्ञान र प्रेरणा प्रदान गरेका थिए ।

कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष नन्दकिशोर राठीले पछिल्लो समय विश्वबजारमा उद्यमशीलताको विकासका सन्दर्भमा युवाहरूको वर्चश्व वढदै गएको उल्लेख गरे । उनले युवाहरूको सृजनात्मक सोच, प्रविधिमैत्री दृष्टिकोणले मुलुकको आर्थिक विकासमा उल्लेखनीय योगदान पुर्याउन सक्ने सम्भावना वढदै गएको बताउँदै यसप्रकारको कार्यक्रमले युवा उद्यमशिलता विकासका लागि उत्प्रेरणा दिने विश्वास व्यक्त गरे ।

संगठनको महिला उद्यम समितिकी इन्चार्ज किरण ब्यासले युवा र महिलाहरूलाई उद्यमतर्फ आकर्षित गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइन्। उनले महिला उद्यम समिति सधैँ महिला र युवालाई आत्मनिर्भर बनाउने दिशामा अग्रसर रहने स्पष्ट पार्दै युवा उद्यम संवादले युवा पुस्तालाई व्यवसायिक यात्रा सुरु गर्न हौसला प्रदान गर्ने धारणा राखिन् ।

महिला उद्यम समितिको संयोजक जयन्ती आचार्यले युवाहरु आर्थिक विकासको संवाहक भएको बताउँदै स्वदेश मै उद्यमशिलता विकासमा अभिप्रेरित गर्न र युवाहरूलाई आगामी दिनमा स्पष्ट मार्गचित्र प्रदान गर्न कार्यक्रमले सहयोग पुर्याउनेआशा व्यक्त गरिन् ।

कार्यक्रममा स्टार्टअप व्यवसायी रवी गुप्ताले आफ्नो उद्यम यात्रा साझा गर्दै व्यवसाय सुरु गर्दा समस्या र अनेकौ चुनौतीहरू आएतापनि निरन्तर प्रयास र सही निर्णयले सफलता प्राप्ती सम्भव भएको बताए । त्यस्तै, अर्की उद्यमी तारादेवी अधिकारीले सामाजिक सञ्जाल र डिजिटल मार्केटिङको सही प्रयोगले व्यवसायलाई छोटो समयमा व्यापक बनाउने अवसर प्रदान गर्ने बताउँदै युवाले प्रविधिको सदुपयोग गर्नुपर्ने धारणा राखिन् ।

महिला उद्यमी लक्ष्मी घिमिरेले स्वीजरल्यान्ड भ्रमणको अनुभव साझा गर्ने क्रममा त्यहाँका महिला उद्यमीहरुले कसरी व्यवस्थित रूपमा व्यवसाय सञ्चालन गर्छन् भन्ने कुराले गहिरो प्रभाव पारेको बताउँदै अनुशासन, पद्धति र गुणस्तरप्रतिको प्रतिबद्धताले व्यवसाय विकासमा थप टेवा पुग्ने स्पष्ट पारिन् ।

कार्यक्रममा महिला उद्यम समितिका सदस्यहरु, विभिन्न क्याम्पसका विधार्थीहरु, उद्यशिलतामा अभिरुची भएका युवाहरू, स्टार्टअप उद्यमीहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट