२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

उद्योगमन्त्री भण्डारीद्वारा रासायनिक मलको आपूर्ति, वितरण र उत्पादन सम्बन्धी छलफल

बुधवार , श्रावण २८, २०८२

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले रासायनिक मल आपूर्ति, वितरण तथा नेपालमै उत्पादनका विषयमा जिम्मेवार निकायहरूसँग छलफल गरेका छन् ।

सम्बन्धित सरकारी र निजी क्षेत्रका प्रतिनिधिहरूको उपस्थितिमा भएको उक्त बैठकमा रासायनिक मलको आपूर्ति र वितरणमा देखिएका चुनौतीहरू तथा भविष्यमा रासायनिक र जैविक (प्राङ्गारिक) मलको उत्पादन सम्भाव्यताबारे छलफल गरेका हुन् ।

बैठकमा हालको रासायनिक मलको मौज्दात अवस्था, सम्बद्ध निकायहरूको आपूर्ति क्षमता, वितरण प्रणालीमा सुधार गर्न सकिने सम्भावना तथा भविष्यमा रासायनिक र प्राङ्गारिक मलको उत्पादनका सम्भावनाबारे कृषि सामग्री कम्पनी लिमिटेड, कृषि तथा पशुपक्षी विकास मन्त्रालय, साल्ट ट्रेडिङ कम्पनी लिमिटेड, उद्योग विभाग, नेपाल आयल निगमका प्रतिनिधिको उपस्थितिमा छलफल भएको हो ।

मन्त्री भण्डारीले छलफलका मुख्य विषयहरूमा ध्यान दिई वर्तमान समस्या समाधान गर्न सम्बन्ध निकायहरूलाई आवश्यक निर्देशन दिएका छन् ।

छलफलमा उपस्थित सरोकारवाला निकायका प्रतिनिधिहरूले हालको आपूर्ति प्रक्रियामा आवश्यक कानुनी तथा नीतिगत सुधार गर्दै वितरण प्रणालीलाई प्रक्रियागत झन्झटविना वास्तविक किसानसम्म पुग्ने डिजिटल प्रणाली स्थापना गर्नुपर्ने बताएका छन् ।

त्रिभुवन विश्वविद्यालयको एक अध्ययनअनुसार माटोको उर्वर क्षमता ४० प्रतिशत घटिसकेको पृष्ठभूमिमा रासायनिक मलको व्यवस्थित प्रयोग अनिवार्य रहेको कुरा समेत बैठकमा उठेको थियो ।

खाद्य सुरक्षालाई ध्यानमा राखी उत्पादन र उत्पादकत्व बढाउने गरी नीतिगत सुधारमा प्राथमिकता दिन, हाल देखिएको आपूर्ति समस्या समाधान गर्न तथा मल कारखाना स्थापनाका लागि आवश्यक लगानीको मोडालिटीबारे छलफल भएको मन्त्री भण्डारीका स्वकीय सचिव आनन्द भट्टले बताए ।

मंगलबार प्रधानमन्त्री केपी ओलिले सम्बधीत निकायलाई मल आपूर्तिको समस्या यथासिघ्र समाधान गर्न निर्देशन दिएका थिए । उक्त निर्देशनसँग सम्बन्धित थप विषयहरुमा पुनः बैठक बसी ठोस निश्कर्ष पेस गरिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट