२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

इप्पानको नवनिर्वाचित कार्यसमितिद्वारा शपथ ग्रहण

आइतवार , जेठ ३१, २०८३

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को नवनिर्वाचित कार्यसमितिले शपथ ग्रहण गरेको छ । 

निर्वाचन समितिले आइतबार नवनिर्वाचित कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ ग्रहण गराएको हो ।

इप्पानको २४औँ वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति निर्विरोध निर्वाचित भएको थियो । कोषाध्यक्ष पदमा भने शंकर बस्याल निर्वाचनमार्फत विजयी भएका थिए । 

इप्पानको विधानमा भएको व्यवस्थाअनुसार निवर्तमान वरिष्ठ उपाध्यक्ष मोहन डाँगी स्वतः अध्यक्षमा चयन भएका हुन् । वरिष्ठ उपाध्यक्ष पदमा उत्तम भ्लोन लामा निर्विरोध निर्वाचित भएका थिए । 

उपाध्यक्षहरूमा हिमप्रसाद पाठक, सुसन कर्माचार्य, विक्रम न्यौपाने, नरेन्द्र बल्लभ पन्त, बलराम खतिवडा, प्रकाश दुलाल र उत्तर कुमार श्रेष्ठ रहेका छन् ।

संस्थाको महासचिवमा टेकनाथ (टी.एन.) आचार्य र उपमहासचिवमा कविता पोखरेल निर्विरोध निर्वाचित भएका छन् । सचिव पदमा सविना सुसन कुमारी जोशी, विजय मोहन भट्टराई, कुवेरमणि नेपाल, ईशा श्रेष्ठ र अभिज्ञा मल्ल, कृष्ण घिमिरे र दीपक पौडेललाई सचिव पदमा नियुक्त भएका छन् । 

WhatsApp Image 2026-06-14 at 6.03.24 PM.jpeg

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट