२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

भारतको स्वतन्त्रता दिवसका अवसरमा परराष्ट्रमन्त्रीले दिइन् शुभकामना

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले भारतको ७९ औँ स्वतन्त्रता दिवसको अवसरमा भारत सरकार र त्यहाँका जनताप्रति शुभकामना दिएकी छन् ।

सामाजिक सञ्जालमा आफ्ना भारतीय समकक्षी डा एस जयशंकरलाई उल्लेख गर्दै उनले नेपालले भारतसँगको आफ्नो लामो र दिगो साझेदारीलाई अधिक महत्व दिएको बताइन् ।

“भारतको स्वतन्त्रता दिवसमा हामी भारतका जनताको समृद्धि, एकता र सद्भावको निरन्तरता चाहन्छौँ, भारत विश्वभरका देशलाई प्रेरणा दिँदै लोकतन्त्रको चम्किलो उदाहरण रहिरहोस्”, परराष्ट्रमन्त्रीले एक्समा लेखेकी छिन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट