काठमाडौं । गुन्डा नाइकेको रूपमा परिचित चक्रे मिलन (मिलन गुरुङ) लाई जिल्ला अदालत भक्तपुरले पनि धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
एक कुटपिटको घटनाको ज्यान मार्ने उद्योगमा चलाइएको मुद्दामा भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले उनलाई १ लाख १० हजार धरौटीमा छाड्न आदेश दिएको हो ।
बिहीबार मुद्दाको सुनुवाइ नभ्याउने भएपछि पेशी तोकिएको थिएन । अब स्वास्थ्य परीक्षण गरेर उनलाई रिहा गर्ने तयारी छ ।
जन्मदिन मनाउँदै गर्दा पक्राउ परेका उनी काठमाडौंमा चलाइएको अभद्र मुद्दामा २ दिनअघि काठमाडौं अदालतको आदेशबाट ३० हजार धरौटी बुझाएर छुटेका थिए ।
भक्तपुरमा अर्को मुद्दा रहेकाले उनलाई त्यसपछि भक्तपुर प्रहरीको जिम्मा लगाइएको थियो ।
प्रतिक्रिया दिनुहोस