२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

'कुलिङ पिरियड' छानबिन प्रतिवेदन कार्यान्वयन गर्न सभामुखको निर्देशन

शुक्रवार , श्रावण ३०, २०८२

काठमाडौं । सभामुख देवराज घिमिरेले सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा गठित संसदीय छानविन विशेष समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका छन् ।

सभामुख घिमिरेले संसदका प्रमुख दलहरुका प्रमुख सचेतकहरूको सुझाव अनुसार आज सबै दलका संसदीय कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई कार्यान्वयन गर्न प्रतिनिधिसभाका सचिवलाई निर्देशन दिएका हुन् ।

उक्त पत्र कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र सङ्घीय संसद सचिवालयमा पनि पठाउन सभामुख घिमिरेले निर्देशन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट