२०८३, आषाढ ५ गते

शुक्रवार, आषाढ ५ गते २०८३

राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउनु उचित होइन : मुख्यमन्त्री कार्की

शुक्रवार , श्रावण ३०, २०८२

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले पूर्व राष्ट्रपतिलाई सम्मानित रुपमा व्यवहार गर्नुपर्ने बताएका छन् ।

शुक्रबार धनकुटामा अखिल नेपाल महिला संघले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले पूर्व राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै उनलाई सम्मानित व्यवहार गरेर अगाडि बढ्नुपर्ने धारणा राखे । राष्ट्रको प्रमुख भइसकेको व्यक्ति राजनीतिमा आउन नहुने चर्चा गर्दै हामीले उनलाई गालीगलोज गर्ने होइन सम्मानपूर्वक व्यवहार गर्ने र राष्ट्रको सामाजिक काममा लाग्नको लागि अभिप्रेरित गर्नुपर्ने बताए ।

उनले नेकपा एमाले निर्माणमा पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको योगदान उल्लेख्य रहेको चर्चा गर्दै उनको योगदानलाई हामीले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘संविधानको संरक्षक र सबैको अभिभावक भइसकेको व्यक्ति सम्मानित भएर बस्दा नै राष्ट्रलाई फाइदा हुन्छ भन्ने उद्देश्यले एमालेले उहाँलाई सम्मानपूर्वक र सम्मानित हुनको लागि आग्रह गरेको हो ।’

मुख्यमन्त्री कार्कीले कोशी प्रदेश सरकारले उद्दमशीलता विकासका लागि विभिन्न काम गरेको जानकारी पनि दिए । सो अवसरमा उनले बिना धितो ऋण दिलाउने व्यवस्था गरेर प्रदेश सरकारले काम गरिरहेको बताए ।

मुख्यमन्त्री कार्कीले भने, ‘अब तपाईहरुले नयाँ र राम्रो खालको उद्यम गर्न चाहनुहुन्छ भने तपाईंहरूको परियोजना हेरेर बैंकले ऋण दिन्छ त्यो ऋणको ब्याज प्रदेश सरकारले तिरिदिन्छ ऋण लिँदा धितो राख्नु पर्दैन ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट