२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

नेपाल चेम्बर अफ कमर्सले मनायो ७५ औं वर्षगाँठ, वृक्षारोपण गरेर पर्यावरण जोगाउन सन्देश

शनिवार , श्रावण ३१, २०८२

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले आफ्नो स्थापनाको ७५ औं वर्षगाँठ (हीरक जयन्ती)को अवसरमा वृक्षारोपण गरेर मनाएको छ ।

शनिबार बिहान गौशाला भण्डारखालमा आयोजना गरिएको कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐन बहादुर शाही ठकुरीको प्रमुख आतिथ्यतामा वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा चेम्बर अफ कमर्सका पदाधिकारी, व्यवसायी तथा सरोकारवालाहरूको सक्रिय सहभागिता रहेको थियो।

वृक्षारोपण कार्यक्रममा हीरक जयन्ती मूल समारोहका संयोजक राजेशकाजी श्रेष्ठले ७५ औं वर्षमा क्लाइमेंट चेन्जले वातावरणमा प्रभाव पारेको भन्दै त्यसलाई जोगाउन आफुहरुले वृक्षारोपण कार्यक्रम आयोजना गरेको बताए।

त्यस्तै चेम्बरका पूर्व अध्यक्ष राजेन्द्र मल्लले आफुहरु व्यवसायिक मात्र नभई वातावरणमैत्री हुनुपर्छ भन्ने उदेश्यका साथ वृक्षारोपण गरेको बताए।

वृक्षारोपण कार्यक्रम सम्पन्न गरेपछि सुनौलो नेपालसंग कुराकानी गर्दै नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेश अग्रवालले आज एउटा बिरुवा रोपेपछि पछि ठुलो भएर आउँछ त्यस्तै व्यवसाय गरेपछि पछि यसरी नै ठुलो भएर आउछ भन्ने सन्देश दिन खोजेको दाबी गरे।

त्यस्तै चेम्बर अफ कमर्सका बरिष्ठ उपाध्यक्ष दीपक मल्होत्राले संसारमा पर्यावरणको समस्या छ हिमालको हिउँ कम हुँदै गएको छ हरियाली मासिदै गएको छ। हाम्रो देशमा हरियाली प्रयाप्त छ। रुखहरु हामीलाई पुग्ने छन् तर संसारले मास्दै गएको बनलाई जोगाउन जरुरी छ र हरियाली आवश्यक छ संदेश दिन वृक्षारोपण कार्यक्रम आयोजना गरीएको बताए।

नेपाल चेम्बर अफ कमर्सले हीरक जयन्तीको अवसरमा वृक्षारोपण गरेका व्यवसायी कुमार दाहालले नेपालमा नयाँ बिरुवा हुर्काउने र पुराना रुखहरु बिस्तारै प्रयोग गर्दै जानुपर्ने बताए।

हीरक जयन्ती समारोह समितिका सभापति राजेशकाजी श्रेष्ठले वातावरण संरक्षणलाई प्राथमिकता दिँदै वृक्षारोपण अभियान र अन्य यस्ता कार्यक्रम चेम्बरले निरन्तर गरीरहने दाबी गरे।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट