२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

भारतका विदेश सचिव मिश्री काठमाडौंमा, महत्वपूर्ण भेटवार्ता आजै गर्ने

आइतवार , भाद्र १, २०८२

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री नेपाल भ्रमणमा आइतबार काठमाडौँ आइपुगेका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको निम्तो दिन आज आएका हुन् ।

आज काठमाडौं आइपुगेका मिश्रीले महत्वपूर्ण भेटवार्ता गर्ने जनाइएको छ । सचिव मिश्रीले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका तर्फबाट प्रधानमन्त्री ओलीलाई भ्रमणको निम्ता पनि दिनेछन् ।

मिश्रीले आज राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी ओली, परारष्ट्रमन्त्री आरजु राणा, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालगायतका उच्चपदस्थ राजनीतिज्ञलाई पनि भेट्ने कार्यक्रम छ । स्रोतका अनुसार आजकै भेटवार्तामा प्रधानमन्त्री ओलीको भारत भ्रमणका एजेन्डाका बारेमा पनि छलफल हुनेछ ।

मिश्री सोल्टी होटेलमा रहेका छन् । त्यहाँबाट सिधै प्रधानमन्त्री ओलीलाई भेट्न जानेछन् । त्यसपछि शीतलनिवास पुगेर राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्नेछन् । परराष्ट्र मन्त्री राणालाई भेटेपछि दुई पक्षीय वार्ता सुरु हुनेछ ।

उच्चस्तरीय भेटवार्ता र छलफलपछि उनी पशुपतिनाथको दर्शन गरेर भारत फर्किनेछन् । प्रधानमन्त्री ओली यही भदौ ३१ गते २ दिने भारत भ्रमण जाँदैछन् । त्यसकै तयारी स्वरुप मिश्री काठमाडौं आएका हुन् ।

यसपटक मोदी र ओलीबीच बिहार राज्यको बोधगया औपचारिक भेटवार्ता गराउने तयारी छ । बोधगया बुद्धले ज्ञान प्राप्त गरेको स्थान मानिन्छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट