काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले विद्युत प्राधिकरण नाफामा रहेको बताएका छन् । प्राधिकरणको ४० औं वार्षिकोत्सवका अवसरमा बोल्दै उनले प्राधिकरण केही वर्षदेखि निरन्तर नाफा आर्जन गर्न सफल भएको बताएका हुन् ।
प्राधिकरणले देशभर भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ती गराउँदै सेवा सुदृढीकरण गरिरहेको उनले बताए । लोडसेडिङको अन्त्यलाई मुख्य उपलब्धीका रूपमा लिएको उनले बताए ।
उनले विगतका उपलब्धिहरूको समीक्षा गर्न र वर्तमान चुनौतीहरूलाई सम्बोधन गर्ने प्रतिवद्धता जनाए ।
उनका अनुसार ऊर्जा विकासका लागि रणनीतिक उच्च भोल्टेज प्रसारण लाइन तथा सबस्टेसनहरू विकासमा प्राधिकरण सक्रिय रहेको छ ।
प्राधिकरणले ठूला जलाशययुक्त तथा अर्धजलाशययुक्त जलविद्युत आयोजनाको अध्ययन तथा निर्माणलाई प्राथमिकतामा राखेको छ ।
प्रतिक्रिया दिनुहोस