२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

अवरुद्ध कर्णाली राजमार्ग सञ्चालन

आइतवार , भाद्र १, २०८२

कालीकोट । पहिरोका कारण अवरुद्ध बनेको कर्णाली राजमार्ग सञ्चालनमा आएको छ ।

सडक डिभिजन कार्यालय जुम्ला, प्रहरीलगायतको सहयोगमा पहिरो पन्छाएर अवरुद्ध राजमार्ग सञ्चालनमा ल्याइएको हो । गएरातिदेखि निरन्तर वर्षा भइरहेकाले कर्णाली राजमार्गको कालीकोट सडकखण्ड आज बिहानैदेखि अवरुद्ध बनेको थियो ।

राजमार्गअन्तर्गत कालीकोटको गगने खोला, बिहानी, दैलेखको खिड्की ज्यूला, जुम्ला र कालीकोटको सिमाना नाग्मा नजिकै सिञ्जा हुँदै मुगु जाने मार्ग अवरुद्ध भएकामा पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख टेकबहादुर रावतले जानकारी दिए । उनका अनुसार आज दिउँसोदेखि सडक पूर्ण रूपमा सञ्चालनमा आएको छ ।

कर्णाली राजमार्गको खिड्की, जिउँला, गगने, बिहानी, नाग्मालगायत सबै ठाउँको अवरोध हटाएर यातायात सञ्चालन गरिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट