२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

बुढानीलकण्ठमा मोटरसाइकल र स्कुटर ठोक्किँदा २ को मृत्यु, ३ जना गम्भिर घाइते

सोमवार , भाद्र २, २०८२

काठमाडौं । काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–७, स्पेसलचोकमा मोटरसाइकल र स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

आइतबार बिहान करिब १:४५ बजे गोल्फुटारतर्फ जाँदै गरेको प्रदेश ३–०२–००२ प ५७२ नम्बरको सुजुकी जिक्सर मोटरसाइकल र बूढानीलकण्ठतर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०४१ प ६८१९ नम्बरको स्कुटर एक आपसमा ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका सिराहाका २९ वर्षीय भोला थापाको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो। त्यस्तै, अन्दाजी ३५ वर्षका नाम, थर र ठेगाना नखुलेका एक पुरुषको पनि उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गोरखा २४ वर्षीय एरिक परियार घाइते भएका छन्। उनको निधार र खुट्टामा चोट लागेको र त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

अन्य दुई युवकको टाउकोमा चोट लागेको छ। दुबै जनाको अवस्था गम्भीर छ र उनीहरूको समेत त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट