२०८३, आषाढ १८ गते

बिहिवार, आषाढ १८ गते २०८३

अवरुद्ध महाकाली राजमार्ग खुल्यो

सोमवार , भाद्र २, २०८२

दार्चुला । पहिरोले अवरुद्ध भएको महाकाली राजमार्ग सञ्चालनमा आएको छ ।

आइतबार रातिको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत गोकुलेश्वर–दार्चुला सडकखण्डको मालिकार्जुन गाउँपालिका–३ तेर्छालेक र शैल्यशिखर नगरपालिका–६ को रनेबासमा पहिरो खसेको थियो ।

पहिरो पन्छाइएसँगै राजमार्ग बिहान ११ बजेपछि सञ्चालनमा आएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिए। राजमार्ग खुलेसँगै बन्द रहेको सवारी आवागमन सञ्चालनमा आएको छ ।

सवारी साधन सञ्चालन आएसँगै अलपत्र यात्रु पनि आ–आफ्नो गन्तव्यतर्फ लागेका प्रहरीले जनाएको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट