काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं जिल्ला समितिको आयोजनामा तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम शान्तिनगरस्थित बानेश्वर बहुमुखी क्याम्पसमा जारी छ। पुर्ब अर्थमन्त्री नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रम आज समापन हुँदैछ।
नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले उद्घाटन शत्रमा बोल्दै संसदलाई कर्मकाण्डी औपचारिकतावादवाट माथि उठाउनुपर्ने बताएका छन् । नेता पुनले संसदमा सांसदहरुले उठाएका विषयहरूको उचित सम्बोधन र सुनुवाइ भएमात्र संसद् बलियो हुने बताए ।

कार्यक्रममा पुर्ब मन्त्री बागमति प्रदेश सभाका सदस्य युवराज दुलाल, राष्ट्रिय सभाका सदस्य एवम् बरिष्ठ अधिबक्ता राम नारायण बिडारी ,राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल (क्रान्तिकारी) का पुर्ब केन्द्रीय अध्यक्ष एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्ल,अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटा , लगाएतले आफ्नो धारणा प्रस्तुत गरेका थिए।
माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोजित भदौ १ गते देखि शुरु भएको तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम बानेश्वर बहुमुखी क्याम्पसमा जारि रहेको स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष भुमिराज अधिकारीले बताए।
कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ८० जना युवा सहभागी रहेको क्याम्पस जिल्लाका अध्यक्ष प्रदीप भण्डारीले बताए ।
नमुना अभ्यासको सहजीकरण केन्द्रीय प्रशिक्षकद्वय तुलसीराम न्यौपाने र अभिनास कार्की लगाएतले गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस