२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

नेपालमा लगानी र काम गर्न कुनै बाधा छैन, युवालाई सरकारले सबै खालको साथ दिन्छ : प्रधानमन्त्री

मंगलवार , भाद्र ३, २०८२

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले १७औं नाडा अटो शोको आज उद्घाटन गरेका छन् ।

प्रधानमन्त्री ओलीले नेपालमा लगानी र काम गर्न कुनै बाधा नभएको भन्दै असन्तुष्ट हुनुपर्ने कुनै कारण नभएको बताए ।

भृकुटीमण्डपमा आयोजित कार्यक्रम ‘नाडा अटो शो २०२५’मा प्रधानमन्त्री ओलीले वैज्ञानिक खोज, अध्ययनसँगै नयाँ नयाँ विकास, आविष्कार र प्रगति भएको बताउँदै नेपालले पनि त्यस प्रकारको विकासको सहज उपभोग गर्ने स्थिति बनाउनुपर्नेमा जोड दिए ।

उनले नयाँ ढंगले काम गर्ने युवाहरूलाई सरकारले सबै खालको साथ दिने विश्वास दिलाए । ‘हामीले अग्रगमन र आधुनिकीकरणका लागि नीतिगत व्यवस्थाहरु र पूर्वाधार विकास गरेका छौँ । लगानी र काम गर्न कुनै बाधा छैन । अहिले असन्तुष्ट हुनुपर्ने कुनै कारण छैन । कोही असन्तुष्ट नै हुन्छु भनेर कसम खाएको छ भने त केही लाग्दैन ।’ उनले भने, ‘उत्तर र दक्षिणतिर नयाँ र पक्की मार्गहरु बन्दैछन्, अन्तर्राष्ट्रिय विमानस्थल थपेका छौँ । हरित उर्जा, मिथेन ग्यास, धौवादी फलामको उत्पादन गरेर प्रयोग गर्दैछौं । प्रविधिको रुपान्तरण भैसकेको छ । यी सबैको ध्येय विकास र समृद्धि हो । यसमा तपाईंहरु ढुक्कले अगाडि बढ्नुस् । देशका लागि योगदान दिनुहोस् ।’

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट