२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

अखिल (क्रान्तिकारी)को तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम सम्पन्न

बुधवार , भाद्र ४, २०८२

काठमाडौं । अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोजित तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम सम्मन्न भएको छ।

शान्तिनगर अवस्थित बानेश्वर बहुमुखी क्याम्पसमा संचालित कार्यक्रम पुर्ब मन्त्री नेकपा (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनको प्रमुख आतिथ्यतामा उद्घाटन भएको उक्त कार्यक्रम आज पुर्ब मन्त्री नेकपा (माओवादी केन्द्र) का उपमहासचिव शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो।

कार्यक्रममा पुर्ब मन्त्री प्रतिनिधि सभा सदस्य रेखा शर्मा, पुर्ब मन्त्री बागमति प्रदेश सभाका सदस्य युवराज दुलाल, राष्ट्रिय सभाका सदस्य एवम् बरिष्ठ अधिबक्ता राम नारायण बिडारी ,राष्ट्रिय युवा परिषदका कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत, अखिल (क्रान्तिकारी) का पुर्ब केन्द्रीय अध्यक्ष एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य रमेश मल्ल, पन्चा सिंह, अखिल (क्रान्तिकारी) का अध्यक्ष विजय प्रकाश सापकोटा , लगाएतले आफ्नो धारणा प्रस्तुत गरेका थिए।

माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) काठमाडौं क्याम्पस जिल्ला समितिद्वारा आयोजित भदौ १ गते देखि शुरु भएको तिनदिने संघीय नमुना युवा संसद अभ्यास कार्यक्रम आज सम्पन्न भएको स्वतन्त्र विद्यार्थी यूनियन बानेश्वर बहुमुखी क्याम्पसका स्ववियू अध्यक्ष भुमिराज अधिकारीले बताए।

कार्यक्रममा उपत्यकाका विभिन्न कलेजका ८० जना युवा सहभागी रहेको क्याम्पस जिल्लाका अध्यक्ष प्रदीप भण्डारीले बताए ।

नमुना अभ्यासको सहजीकरण केन्द्रीय प्रशिक्षकद्वय तुलसीराम न्यौपाने र अभिनास कार्की लगाएतले गरेका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट