२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बुधवार , भाद्र ४, २०८२

काभ्रेपलाञ्चोक । अरनिको राजमार्गअन्तर्गत पाँचखाल नगरपालिका–५ केराघारी नजिक ट्रकको ठक्करबाट चौँरीदेउराली गाउँपालिका–८ का ३५ वर्षीय रुपेश खरेलको मृत्यु भएको छ ।

पाँचखालतर्फ गइरहेको ट्रकले उनलाई ठक्कर दिँदा उनको मृत्यु भएको पाँचखालकास्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।

काठमाडौँबाट कोशीपारितर्फ मोटरसाइकलमा गइरहनुभएका खरेलले ट्रकलाई उछिन्ने क्रममा दुर्घटना भएको हो । गम्भीर घाइते भएका उहाँलाई धुलिखेल अस्पतालमा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रहरीले ट्रक र त्यसका चालक माधवकुमार बडाललाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट