२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस

बिहिवार , भाद्र ५, २०८२

काठमाडौं । आज आतंकवादका पीडित र जीवितलाई सम्मान गर्ने दिवस हो । संयुक्त राष्ट्रसंघको आह्वानमा सन् २०१७ देखि यो दिवस मनाउन प्रारम्भ भएको हो ।

आतंकवादबाट पीडित भएका र त्यसबाट बाँचेकाहरुलाई सम्मान एवं समर्थन गर्नका साथै उनीहरुको मानवअधिकारको पूर्ण उपयोगलाई प्रवद्र्धन गर्ने उद्देश्यका साथ यो दिवस मनाउन थालिएको हो ।

संयुक्त राष्ट्रसंघलगायत विश्वका विभिन्न मुलुकमा आतंकवादका पीडितहरुको सम्झना एवं श्रद्धाञ्जलीसभा आयोजना गरेर यो दिवस मनाइन्छ ।

घृणित विचारधारा फैलाउने आतंकवादी गतिविधिबाट हरेक वर्ष हजारौँ निर्दोष मानिसले ज्यान गुमाएका छन् । आतंकवादको अन्तरराष्ट्रिस्तरमा निन्दा भए पनि यसबाट पीडितहरुले न्याय प्राप्तिका निम्ति संघर्ष गरिरहेका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट