२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

ब्रेक नलागेपछि जिप दुर्घटनाः ११ जना घाइते, चारको अवस्था गम्भीर

बिहिवार , भाद्र ५, २०८२

दार्चुला । दार्चुलामा जीप दुर्घटना हुँदा ११ जना घाइते भएका छन् । जिल्लाको नौगाड गाउँपालिका होपरीबाट होपरीगाडतर्फ जाँदै गरेको सुपप्र ०४००१ ज ०१०३ नम्बरको जिप आज बिहान दुर्घटनामा परेको हो ।

दुर्घटनामा ११ जना घाइते भएकामध्ये चारको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी निरीक्षक छत्रबहादुर रावतले जानकारी दिए।

उनका अनुसार घाइतेहरूको उद्धार गरी उपचारका लागि गोकुलेश्वर अस्पताल लगिएको छ । गम्भीर घाइते हुनेमा २५ वर्षीया पार्वती टमटा, २६ वर्षीय मोहन ठगुन्ना, १८ वर्षीया अप्सरा महता र ३५ वर्षीय उमेश ठगुन्ना रहेका उनले जानकारी दिए ।

चालकसहित ११ जना सवार उक्त जिप चिप्लो बाटोमा ब्रेक नलागेपछि दुर्घटना भएको अनुमान गरिएको बताउँदै प्रहरी निरीक्षक रावतले यसबारे विस्तृत अनुसन्धान सुरु गरिएको उल्लेख गरे। उनका अनुसार दुर्घटनामा घाइते भएका जिपचालक लोकेन्द्रसिंह ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट