२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

बानेश्वर बहुमुखी क्याम्पसद्वारा पुराण वाचिका विदुषी राधिका दासीलाई सम्मान

बिहिवार , भाद्र ५, २०८२

काठमाडौ । पूर्वीय दर्शनकी ज्ञाता तथा सफल पुराण वाचिका विदुषी राधिका दासीकाे प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम भएको छ।

बानेश्वर बहुमुखी क्याम्पसका कक्षा ११ का नयाँ विद्यार्थीलाई स्वागत, कक्षा १२ का विद्यार्थीलाई सम्मान तथा बिदाई कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हाे। कार्यक्रमकाे अध्यक्षता क्याम्पस संचालक समितिका अध्यक्ष हरीबाेल भट्टराईले गरेका थिए ।

राधिका दासी क्याम्पसकाे पुर्ब विद्यार्थी समेत हुन् । उनले करिब १४ वर्ष पहिला उक्त क्याम्पसमा अध्यन गरेकी थिइन् । करिब १४ बर्ष पछि आफ्नै क्याम्पसमा फर्कीएकी दासीले सम्पूर्ण विद्यार्थीहरुसँग भेट्ने अवसर पाएकी थिइन् साथै विद्यार्थीहरूले पनि उनीबाट महत्वपूर्ण शिक्षा र प्रेरणा लिएका थिए ।

उक्त अवसरमा क्याम्पसको तर्फबाट राधिका दासीलाई क्याम्पसकाे तर्फबाट सम्मान गरिएको थियो। क्याम्पस परिवारले उनको सफल जीवनयात्राको लागि बधाई तथा आगामी दिनमा अझ उच्च सफलता प्राप्त गर्न शुभकामना व्यक्त गरेको छ।

कार्यक्रममा क्याम्पस प्रमुख डा. घमानसिंह खड्का, संस्थापक क्याम्पस प्रमुख केदार न्याैपाने,प्रध्यापक संघका अध्यक्ष सुधिर रिमाल, स्वतन्त्र विद्यार्थी यूनियनका अध्यक्ष भुमिराज अधिकारीले मन्तब्य राखेका थिए । कार्यक्रममा प्रध्यापक, कर्मचारी विद्यार्थीहरु लगाएतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट