२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं। नेपालका लागि युगान्डाको अवैतनिक वाणिज्य दूतमा उद्यमी विनय उपाध्याय नियुक्त भएका छन् । उनलाई औपचारिक रूपमा परराष्ट्र मन्त्रालयले बुधबार नियुक्ति पत्र हस्तान्तरण गरेको हो ।

उपाध्याय घरजग्गा तथा आवास विकास र पर्यटन क्षेत्रमा क्रियाशील उद्यमी हुन्। व्यापार र अन्तर्राष्ट्रिय साझेदारीमा आफ्नो दूरदर्शी दृष्टिकोणका लागि परिचित उपाध्यायले नेपालको बढ्दो उद्यमशीलता परिदृश्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउँदै आएका छन् ।

परराष्ट्र मन्त्रालयको नियुक्ति पश्चात उनले कृतज्ञता व्यक्त गर्दै युगान्डा र नेपालबीचको सम्बन्धलाई सुदृढ पार्न आफूले हर सम्भव प्रयास गर्ने बताए ।

उनले भने म यो विशेष पहललाई पूर्ण प्रतिबद्धताका साथ लिनेछु र भविष्यमा हाम्रा दुई देशहरूबीचको द्विपक्षीय सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन काम गर्नेछु ।

उनको नियुक्तिले युगान्डा र नेपालबीच व्यापार, पर्यटन, लगानी र सांस्कृतिक आदानप्रदान जस्ता क्षेत्रहरूमा गहिरो सहकार्यको लागि बाटो खोल्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट