२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

टोखा प्याब्सनको आयोजनामा तिज नृत्य प्रतियोगिता, २५ विद्यालयका विद्यार्थी सहभागी

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं। टोखा प्याब्सनले तिज नृत्य प्रतियोगिता २०८२ भव्यताका साथ सम्पन्न गरेको छ।

बसुन्धारास्थित साउथ वेस्ट्रन स्टेट कलेजको अडिटोरीयम हलमा सम्पन्न प्रतियोगितामा प्याब्सन आवद्ध २५ वटा विद्यालयका विद्यार्थीहरूले सहभागिता जनाएका थिए।

प्रतियोगितामा डिभाइन स्कुल टोखाले प्रथम स्थान हासिल गर्न सफल भयो। त्यसैगरी साउथ वेस्टन स्कुल बसुन्धाराले फस्ट रनर अप, ओडिसी इन्टरनेशनल स्कुल बसुन्धाराले सेकेन्ड रनर अप, निर्मल बाटिका एकेडेमी गोंगबुले थर्ड रनर अप तथा पब्लिक स्कुल झोरले फोर्थ रनर अपको स्थान हात पारे।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने विद्यालयलाई ट्रफी र मेडल प्रदान गरिएको थियो।

प्याब्सन अध्यक्ष अरुण कुमार केसीले यस्ता सांस्कृतिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तर आयोजना गर्दै जाने जानकारी दिए। विजयी पहिलो पाँच विद्यालयले भदौ ६ गते काठमाडौँ प्याब्सनले आयोजना गर्ने जिल्ला स्तरीय तिज नृत्य प्रतियोगितामा भाग लिन पाउने छन्।

प्रतियोगिताले विद्यार्थीहरूको प्रतिभा अभिव्यक्त गर्ने मात्र नभई विद्यालयबीच आपसी सम्बन्ध मजबुत बनाउन र सांस्कृतिक चेतना अभिवृद्धि गर्न महत्त्वपूर्ण योगदान पुर्‍याएको विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा कार्यक्रम संयोजक राजेश श्रेष्ठले स्वागत गरेका थिए भने सभापतित्व टोखा प्याब्सन नगर अध्यक्ष अरुण कुमार केसीले गरे। सो अवसरमा केन्द्रिय प्याब्सनका उपाध्यक्ष थकिन कुमार गुरुङ प्रमुख अतिथि रहेका थिए भने पत्रकार ऋषी धमला विशेष अतिथिका रूपमा सहभागी भएका थिए।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट