२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

एकै महिनामा हेटौँडाले उठायो तीन करोड ५० लाख राजस्व

शुक्रवार , भाद्र ६, २०८२

मकवानपुर । हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्षको पहिलो महिनामा तीन करोड ५० लाख राजस्व संकलन गरेको छ ।

उपमहानगरपालिकाको राजस्व शाखाका प्रमुख मनोजकुमार सुवेदीका अनुसार पूर्वाधार सेवाको उपयोग बापत एक करोड ३३ लाख ८८ हजार, सम्पत्ति कर ४५ लाख ९९ हजार, घरबहाल कर ६५ लाख २० हजार, बहाल बिटोरी कर १६ लाख ४५ हजार, व्यवसाय कर ४१ लाख १७ हजार र प्रशासनिक दण्ड जरिवाना र जफत बापत दुई लाख ३१ हजार संकलन भएको हो । यो गत आवको सोही अवधिको तुलनामा एक करोडले कम हो ।

आव २०८१/८२ मा सम्पत्ति कर एक करोड ४४ लाख, ८५ हजार, पूर्वाधार सेवाको उपयोग बापत एक करोड १८ लाख ७५ हजार, घरबहाल कर ५० लाख ६५ हजार, सिफारिस दस्तुर ३३ लाख ४० हजार, बहाल बिटोरी कर १८ लाख ७८ हजार, व्यवसाय कर ४१ लाख २१ हजार र प्रशासनिक दण्ड जरिवाना र जफतबापत पाँच लाख ९६ हजार राजस्व संकलन भएको थियो ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट