२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

देशभरका १० उत्कृष्ट नगर तथा गाउँपालिका सम्मानित

शुक्रवार , भाद्र ६, २०८२

काठमाडौं । सरकारले देशभरका १० उत्कृष्ट नगर तथा गाउँपालिकालाई सम्मान गरेको छ ।

आज सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन (लिसा) को आर्थिक वर्ष २०८०/०८१ को नतिजामा कार्यसम्पादनमा आधारमा सो सम्मान वितरण गरेको हो ।

उत्कृष्ट ३ नगरपालिकामा धादिङको नीलकण्ठ, चितवनको खैरहनी र रुपन्देहीको तिलोत्तमा नगरपालिका परेका छन् ।

धादिङको नीलकण्ठ नगरपालिका ९३.५५ अंक सहित पहिलो, चितवनको खैरहनी नगरपालिका ९२.७५ अंक सहित दोस्रो र रुपन्देहीको तिलोत्तमा नगरपालिका ९१.२५ अंक सहित तेस्रो स्थानमा रहेका छन् ।

त्यस्तै गरी उत्कृष्ट ३ गाउँपालिकालाई पनि मन्त्रालयले सम्मान गरेको छ । जसमा धादिङको बेनीघाट रोराङ्ग गाउँपालिका ९१.७५ अंकसहित पहिलो, गुल्मीको रुरुक्षेत्र गाउँपालिका ९० अंकसहित दोस्रो र स्याङ्गजाको अर्जुनचौपारी गाउँपालिका ८८.७५ अंकसहित तेस्रो स्थानमा रहेका छन् ।

आज एक कार्यक्रमकाबीच सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती पाण्डेले सम्मान वितरण गरेकी हुन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट