२०८३, आषाढ ९ गते

मंगलवार, आषाढ ९ गते २०८३

तुइनखोलामा सुक्खा पहिरो जाँदा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध

शनिवार , भाद्र ७, २०८२

चितवन । सुक्खा पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका– ५ तुइनखोलास्थित सडकखण्डमा आज बिहान पहिरो खसेर सडक अवरुद्ध बनेको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार अहिले पहिरो पन्छाउने काम भइरहेको जनाएको छ । सो ठाउँमा चट्टानसहितको पहिरो खसेको र पन्छाएर केहीबेरमा बाटो सञ्चालन गर्ने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

पहिरोले बाटो दुईतर्फी नै बन्द भएको छ । तुइन खोलामा पुल बनाउन पहाड काटेको ठाउँमा बेला बेलामा पहिरो र सुख्खा पहिरो जाने तथा साना ठूला ढुंगा पटक–पटक सडकमा खस्ने गरेका छन् । पुलको नारायणगढ तर्फको भाग जोखिमपूर्ण छ ।

सो ठाउँमा साउन चारमा एउटा भारतीय कारमाथि ढुंगा खसेर तीनजना घाइते भएका थिए । त्यसै गरी साउन २९ मा पनि भारतीय ट्रकमाथि ढुंगा खस्दा तीनजनालाई चोट लागेको थियो ।

नारायणगढ मुग्लिन सडक राजधानी काठमाडौं र पर्यटकीय सहर पोखरालाई देशको पूर्वी र पश्चिम भेगसँग जोड्ने मुख्य सडक हो । राजधानीको लाइफलाइन भनिने यो सडकलाई विस्तार गरेर एसियाली मापदण्ड अनुरूपको दुई लेनको फराकिलो बनाउनुका साथै सडक अनुरूपका फराकिला १८ वटा नयाँ पुल थपिएका छन् ।

तर सडक विस्तार गर्दा र पुल बनाउँदा पहाड काटेको ठाउँमा पहिरो र सुख्खा पहिरो खसेर दुख दिने समस्या अत्यधिक छ ।

पहिरोका कारण गन्तव्यमा हिँडेका सवारीसाधन रोकिएका छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट