२०८३, आषाढ १७ गते

बुधवार, आषाढ १७ गते २०८३

झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु

शनिवार , भाद्र ७, २०८२

झापा । झापामा दुई भिन्न घटनामा दुई जनाको मृत्यु भएको छ । कनकाई नगरपालिका–१ स्थित खहरे खोलामा करेन्ट लगाएर माछा मार्ने क्रममा एक जना र कमल गाउँपालिका–३ केराधापस्थित भित्री सडकखण्डमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

उनका अनुसार आज बिहान कनकाई–१ का ३७ वर्षीय पङ्कज माझीले खहरे खोलामा बिजुलीको पोलबाट करेन्ट लगाई माछा मार्ने क्रममा करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको हो । घटनाबारे जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ र थप अनुसन्धान भइरहेको जनाइएको छ ।

त्यसैगरी, शुक्रबार कमल–३ केराधापस्थित भित्री सडकखण्डमा केम्पाबाट केर्खातर्फ जाँदै गरेको प्रदेश १–०१–०१६ प ५१०५ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ८८ वर्षीय टीकाराम श्रेष्ठको मृत्यु भएको छ ।

मोटरसाइकलको ठक्करबाट टाउको र दाहिने खुट्टामा चोट लागेपछि स्थानीय मेडिकलमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि श्रेष्ठलाई बिर्तामोडस्थित बिएण्डसी अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

शवलाई अहिले अस्पतालमै राखिएको छभने मोटरसाइकल चालक ५१ वर्षीय मानकुमार सुवेदीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकबाट आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट