रौतहट । रौतहटमा शनिबार राति फेला परेको शंकास्पद सुटकेसभित्र महिलाको शव फेला परेको छ। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राति १०:३० बजे शंकास्पद सुटकेस फेला परेको थियो।
प्रहरीका अनुसार रसीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेसभित्र महिलाको शव रहेको देखिएको हो। महिलाको हत्या गरी सुटकेसमा हालिएको हुन सक्ने प्रहरीहरूको अनुमान छ ।
प्रहरीले मुचुल्कापछि शवलाई प्रादेशिक अस्पताल गौरमा पठाएको छ । घटनाका बारेमा थप अनुसन्धान गर्न प्रहरीले घटनास्थल नजिकै रहेको एक विद्यालयको सीसीटीभी जाँच गरिरहेको छ ।
घटनाको अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस