काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सचिवालय बैठक बसिरहेको छ । केन्द्रीय कार्यालय वनस्थलीमा बुधबार दिउँसो सचिवालय बैठक बसेको हो ।
बैठकमा पार्टी गतिविधि, हस्ताक्षर अभियान लगायत समसामयिक विषयमा छलफल भएको छ ।
त्यस्तै, सासंद प्राध्यापक डाक्टर चन्दा कार्कीको नेतृत्वमा गठित भिजिट भिसा प्रकरणमा पिडितहरूको सहयोग गर्दा पार्टी नेताको अवाञ्छित संलग्नता भएको भन्ने बिषयमा छानबिन गर्न गठन भएको छानबिन समितिको प्रतिवेदन समितिले सचिवालयलाई बुझाएको रास्वपाले जनाएको छ ।
यस्ता छन् पार्टी सचिवालय बैठकका प्रस्तावित विषयहरुः
१. समसामयीक राजनैतिक एवं पार्टी गतिविधि सम्बन्धमा ।
हस्ताक्षर अभियान, हुदै गरेको पार्टी प्रशिक्षण कार्यक्रमहरूवारे, संगठन सम्बन्धि गतिविधि बारे जानकारी र छलफल ।
२. विभाग क्रियाशीलता सम्बन्धमा।
(केन्द्रीय सङ्गठन विभाग, केन्द्रीय प्रशिक्षण विभाग, केन्द्रीय अभियान तथा प्रचारप्रसार विभाग र प्रवास नेपाली सम्पर्क विभाग)
३. प्रदेश इन्चार्ज कार्यसम्पादन सम्बन्धमा ।
४. रूपन्देही ३ उम्मेदवार छनोट प्रक्रिया अन्तर्गत मूल्याङ्कन बिधी सम्बन्धमा ।
५. विविध
- प्रारम्भिक निर्वाचन कार्यविधि २०८२
- वडा परिषद् कार्यविधि (पालिका परिषद् कार्यविधि, जिल्ला अधिवेशन कार्यविधि समेत) आदि ।
- विशेषज्ञहरूलाई आव्हान
प्रतिक्रिया दिनुहोस