२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

प्रधानमन्त्री ओलीले भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्दै, सी चिनफिङ र नरेन्द्र मोदीसँग भेट्ने

बुधवार , भाद्र ११, २०८२

काठमाडौं । सरकारले प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ देखि १८ सम्म चीन भ्रमण गर्ने तालिका सार्वजनिक गरेको छ ।

परराष्ट्र मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी तालिका सार्वजनिक गरेको हो ।

उनी सांघाई सहयोग संगठन (एससीओ) को २५औँ शिखर सम्मेलनमा सहभागी हुन चीन जान लागेका हुन् ।

सांघाई सहयोग संगठनको शिखर सम्मेलन भदौ १५ देखि १६ सम्म चीनको तियानजिनमा हुँदै छ । सम्मेलनमा संगठनका सदस्य राष्ट्रहरूका सरकार प्रमुखहरू सहभागी हुनेछन् ।

त्यस्तै, एससीओको सम्मेलनमा सहभागी हुन भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि चीन जाँदै छन् ।

साथै, प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, अन्य देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता पनि गर्ने छन् ।

प्रधानमन्त्रीको टोलीमा श्रीमति राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, कांग्रेस उपसभापति पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमाले सांसद छबिलाल विश्वकर्मा लगायत रहने छन् ।

प्रधानमन्त्री ओली भदौ १९ गते चीनबाट फर्कने छन् ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट