२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

अवरुद्ध काठमाडौं–मुग्लिङ सडकखण्ड खुल्यो

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिकाको सातकिलो भन्ने ठाउँमा खसेको पहिरो पन्छाएपछि काठमाडौं–मुग्लिङ सडकखण्ड दुईतर्फी नै खुलेको छ ।

आज बिहान खसेको पहिरोले अवरुद्ध भएको सडक आज बिहान करिब ८ बजेदेखि दुईतर्फी खुलेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

रातिदेखि नै सडक खुल्ने र बन्द हुने गरेकाले सयौं सवारीसाधनहरु बीचबाटोमै रोकिएका थिए ।

ती सवारी साधनहरुलाई गन्तव्यमा पठाउने काम भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट