२०८३, जेठ २३ गते

शनिवार, जेठ २३ गते २०८३

लगानी बोर्डलाई एक वर्षभित्र एक खर्ब लगानी भित्र्याउने कार्यादेश छ : सीईओ ज्ञवाली

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । सरकारले चालु आर्थिक वर्षभित्र एक खर्ब रुपैयाँको लगानी प्रतिबद्धतासहित सम्झौता गर्न कार्यादेश दिएको लगानी बोर्डले जनाएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीलाई चालु आर्थिक वर्ष २०८२/८३ भित्र एक खर्ब रुपैयाँको लगानी सम्झौता गर्न कार्यादेश दिएका हुन् ।

सो, जानकारी बोर्डका सीईओ ज्ञवालीले सुदूरपश्चिम प्रदेशमा आयोजना हुने लगानी तथा विकास सम्मेलन सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै दिएका हुन् ।

‘यस वर्ष सरकारले मलाई एक सय अर्बको लगानीको सम्झौता गर्न कार्यादेश दिएको छ, जसरी पनि त्यो लक्ष्य पूरा गर्नुपर्नेछ,’ उनले भने, ‘सो लक्ष्यमा सफल हुनका लागि पनि विभिन्न प्रदेश र स्थानीय तहहरूसँग समन्वय गर्नुपर्नेछ।’

उनले विभिन्न प्रदेशमा हुने लगानी सम्मेलनमा आफ्नो पूर्ण साथ र सहयोग रहने पनि जानकारी दिए । आगामी मंसिर १ र २ गते सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलन गर्दैछ ।

सोही लगानी सम्मेलनलाई केन्द्रित गरेर आयोजना गरेको बिहीबारको अन्तरक्रिया कार्यक्रममा बोल्दै सीईओ ज्ञवालीले सुदूरपश्चिम प्रदेश सरकारलाई विभिन्न सुझाव पनि दिएका छन् ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट