२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

एम्बार्क अनम्याथले भैरहवा र बुटवलका विद्यालयहरूमा गणित शिक्षामा नयाँ परिर्वतन ल्याउँदै

बिहिवार , भाद्र १२, २०८२

काठमाडौं । सन् २०१२ मा स्थापना भएदेखि नै एम्बार्क अनम्याथले गणित शिक्षालाई परम्परागत पाठ्यपुस्तकबाट बाहिर निकालेर रोचक र वास्तविक जीवनका अनुभवहरूमा रूपान्तरण गरिरहेको छ, जसले विद्यार्थीहरुमा गणितको डरलाई हटाउँछ।

यस मिशनलाई निरन्तरता दिँदै अनम्याथ टिमले अगस्त ३ देखि ८ सम्म रुपन्देही जिल्लाका भैरहवा र बुटवलमा व्यापक पहुँच कार्यक्रम सञ्चालन गरेको थियो। जहाँ २५ भन्दा बढी विद्यालयहरूमा नयाँ गणित शिक्षा कार्यक्रमहरूको परिचय गराइयो। यस कार्यक्रममा प्रधानाध्यापकहरू, शैक्षिक संयोजकहरू र शिक्षकहरूसँग भेटघाट गरी नयाँ र व्यावहारिक सिकाइमार्फत गणितलाई कसरी रोचक र सजिलो बनाउन सकिन्छ भन्ने बारेमा छलफल गरियो।

यस कार्यक्रमको बारेमा बोल्दै एम्बार्क अनम्याथका मार्केटिङ तथा व्यापार विकास प्रबन्धक प्रज्वल पोखरेलले भने, "हामिलाई विश्वास छ कि गणित यस्तो विषय हुनुपर्छ जस्बाट विद्यार्थीहरू नडराऊन्।। यस्तो कार्यक्रम र भ्रमणहरूले हामीलाई विद्यालयहरूको विशेष आवश्यकताहरू बुझ्न र तिनीहरूको परिस्थितिअनुसार काम गर्ने समाधानहरू सँगै बनाउन मद्दत गर्छ।"

यस कार्यक्रमले रुपन्देहीका विद्यालयहरूमा अनम्याथका अनुभवमूलक सिकाइ कार्यक्रमहरू—अनम्याथ जिल्ला योजना, गणितको कथा भन्ने, उद्यमशील गणित, र म्याथ म्युजियम जस्ता अवधारणाहरूको परिचय गराइएकाे थियाे। शिक्षकहरूसँग प्रत्यक्ष कुराकानी गरेर टिमले पुरानो तरिकाले गणित पढाउँदा हुने समस्याहरूलाई समाधान गर्न र विद्यार्थीहरुको जिज्ञासा बढाउन गतिविधिहरुमा आधारित पढाउने तरिका अपनाउनु पर्ने छलफल गरिएकाे हाे।

लुम्बिनी वर्ल्ड स्कूलका योग तथा प्राणायाम प्रशिक्षक शिवसुन्दर पोखरेलले भने, "गणितलाई व्यावहारिक, रोचक र वास्तविक जीवनसँग जोड्ने यो तरिका हाम्रा विद्यार्थीहरूका लागि एकदमै उपयुक्त छ।"

यो कार्यक्रमले फरक फरक स्कुलहरूमा धेरै चासो जगाएको थियो। धेरै स्कुलहरूले प्रयोगात्मक कक्षा र आफ्ना आवश्यकता अनुसार योजना बनाउने प्रस्तावहरूको माग गरेका छन् । साथै स्कुल समूहका नेताहरूसँगको सम्पर्कले पनि यसलाई व्यापक रूपमा फैलाउने मौका दिएको छ। सहभागी भएका शिक्षकहरूले अनम्याथका अन्तरक्रियात्मक पद्धतिहरू र शिक्षकहरू गुणस्तरीय शिक्षाप्रतिको दृष्टिकोणबीचको मेलको निरन्तर प्रशंसा गरेका थिए ।

अनम्याथ टिमले प्रयोगात्मक कक्षा लिने इच्छुक स्कुलहरूसँग निरन्तर सम्पर्क गरिरहने, र प्रत्येक स्कुलको आवश्यकताअनुसार योजना बनाउने लक्ष्य राखेको छ। यी गतिविधिहरूको आधारमा यस पहलले रुपन्देहीका कक्षाकोठाहरूमा लामो अवधिको लागि नयाँ गणित सिकाइ ल्याउने उद्देश्य राखेको छ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट