काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) बस्ने प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।
सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् । प्रधानमन्त्री ओली शनिबार चीन भ्रमणमा जाँदैछन् ।
प्रधानमन्त्री ओलीले लिपुलेक मामिलामा भारत र चीनसँग प्रष्ट कुरा राख्ने बताइसकेका छन ।
यस्तै आज बस्ने प्रतिनिधिसभा बैठकमा सचिव हर्कराज राईले ‘नेपाल नागरिकता (दोस्रो संशोधन) विधेयक, २०८१’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गर्नेछन् ।
यस्तै सभामुख देवराज घिमिरेले संयुक्त समिति अन्तर्गतको संसदीय सुनुवाइ समितिमा माननीय सदस्यको नाम हेरफेर गर्ने कार्यसूची रहेको छ भने भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको प्रतिवेदन सहितको भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
यस्तै भूमि सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८२ लाई पारित गरियोस् भन्ने प्रस्ताव पनि उनले प्रस्तुत गर्ने कार्यसूची रहेको सचिवालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस