२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

थारू समुदायको पहिचान जोगाउन स्वायत्त क्षेत्र दिनुपर्छ : प्रचण्ड

शुक्रवार , भाद्र १३, २०८२

नवलपरासी । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थारू समुदायको पहिचान, संस्कृति, इतिहास जोगाउन र यसको प्रतिनिधित्वका लागि विशेष वा स्वायत्त क्षेत्र दिनुपर्ने बताएका छन् ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको डण्डामा थारू राष्ट्रिय सङ्ग्रहालय अध्ययन केन्द्रको आयोजनामा सञ्चालित थारू समुदायको परम्परागत भोदी खेल प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले गण्डकी प्रदेशको नवलपुरमा थारू समुदाय रहेको भए पनि यो जनसङ्ख्याले यहाँबाट प्रदेश र सङ्घमा प्रतिनिधित्व हुने सम्भावना असम्भवजस्तै भएको बताए ।

“थारू समुदायको उपस्थिति गण्डकी प्रदेशको नवलपुरमै छ, प्रदेशको हिसाबले निकै थोरै थारूको समुदाय रहेकाले यो जनसङ्ख्याले कहिल्यै पनि प्रदेश र सङ्घमा यहाँबाट प्रतिनिधित्व असम्भव जस्तै छ । त्यसको एउटा मात्र उपाय गण्डकी प्रदेशभित्र एउटा विशेष क्षेत्र वा स्वायत्त क्षेत्र थारूहरूका लागि दिनुपर्छ”, अध्यक्ष दाहालले भने, “अनिमात्र थारूहरूको पहिचान, संस्कृति इतिहासको प्रदेश र सङ्घमा प्रतिनिधित्व गराउन सकिन्छ । यस विषयमा सामूहिक ढङ्गले आवाज उठाउन जरुरी छ ।”

अध्यक्ष दाहालले अहिले पनि संविधानमा भएका कयौँ व्यवस्थाहरूको ठिकसँग कार्यान्वयन हुन नसकेको बताए। संरक्षित क्षेत्र, स्वायत्त क्षेत्र र विशेष क्षेत्रको व्यवस्था संविधानले गरेको भए पनि कानुन नबन्दा संविधानमा लेखेको कतिपय कुरा कार्यान्वयनमा जान नसकेको बताए ।

कार्यक्रममा अध्यक्ष दाहालले स्थानीय तहदेखि प्रदेश र सङ्घसम्म दलित, महिला, आदिवासी जनजाति, मजदुर किसानको प्रतिनिधित्व क्रान्तिकारी आन्दोलन र जनआन्दोलनको बलमा भएको बताउँदै थारू समुदायका बाँकी पहिचान अधिकार स्थापित गर्न आफू लागिरहने बताए ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट