२०८३, आषाढ १ गते

सोमवार, आषाढ १ गते २०८३

आज २०८२ साल भदौ १४ गते शनिबारको राशिफल

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । आज २०८२ साल भदौ १४ गते शनिबार। तदनुसार सन् २०२५ अगष्ट ३० तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। आजको राशिफल कस्तो छ हेरौं ।

मेष : दिन सामान्य छ। व्यापार व्यवसायमा गरेको लगानी डुब्ने जोखिम छ। ठुला व्यक्तिबाट अपमानित भएको महसुस हुनेछ। उत्तरको यात्रा नगर्नु उचित हुन्छ। राजनीतिक क्षेत्रमा भने सहज वातावरण बन्नेछ।

वृष : दिन राम्रो छ। गुम्न लागेको सम्पत्ति हात लाग्नेछ। स्वदेशमा रोजगारीका विकल्प प्राप्त हुनेछन्। स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। शिक्षामा थप मिहिनेत गर्नुपर्ने दिन छ।

मिथुन : दिन राम्रो छ। बोलीको प्रभावले राम्रा काम बन्नेछन्। राजनीतिक क्षेत्रमा सेवाको अवसर प्राप्त हुनेछ। बन्धुसँगको सहकार्यले नाफा हुनेछ। परिवारमा सल्लाह लिएर अगाडि बढ्ने दिन छ।

कर्कट : दिन राम्रो छ। विदेशी लगानीमा मन आकर्षित भएको छ। विदेशमा गरेको लगानीबाट नाफा हुनेछ। स्वास्थ्य र शिक्षाको माध्यमबाट गरेको मिहिनेतको फल प्राप्त हुनेछ। पश्चिमको लामो यात्रा नगर्नु उचित हुन्छ।

सिंह : दिन राम्रो छ। राज्यको सेवाबाट मन प्रशन्न हुनेछ। खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ। धार्मिक यात्रा तय हुने योग छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ।

कन्या : दिन सामान्य छ। कामको बोझ थपिनेछ। व्यापारमा सहकार्य गर्नु उचित हुन्छ। एकल लगानी नगर्नु उचित हुन्छ। शिक्षाको क्षेत्रमा थप मिहिनेत गर्नुपर्ने दिन छ।

तुला : दिन राम्रो छ। धनलक्ष्मी योग परेकाले सम्पत्तिको सदुपयोग गर्नुपर्ने छ। शिक्षाका क्षेत्रमा गरेको प्रयासबाट नाफा हुनेछ। अग्रजको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

वृश्चिक : दिन राम्रो छ। मन शान्त बन्नेछ। स्वास्थ्यमा समस्या हुने जोखिम छ। खानपानमा ख्याल गर्नुपर्ने छ। शिक्षा र सामाजिक क्षेत्रमा नाम र दाम प्राप्त हुनेछ।

धनु : दिन राम्रो छ। सम्पत्ति भन्दा इज्जतको ख्याल गर्नुपर्ने दिन छ। स्वास्थ्य र सामाजिक क्षेत्रमा बढुवा हुनेछ। मन शान्त बन्नेछ। विपक्षी साथीको साथ र सहयोग मिल्नेछ। जग्गाको कारोबारमा फााइदा हुनेछ।

मकर : दिन राम्रो छ। साथीभाइको साथ मिल्नेछ। आम्दानी बढ्ने छ। राजनीतिक क्षेत्रमा तपाईंको प्रशंसा हुनेछ। साामाजिक क्षेत्रमा गरेको योगदानको कदर हुनेछ। समाजसेवाको अवसर मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ।

कुम्भ : दिन सामान्य छ। सञ्चित धन खर्च हुनेछ। अनावश्यक यात्रा हुनेछ। धार्मिक क्षेत्रको यात्राले मन शान्त बन्नेछ। काम गर्नु अगाडि आफूभन्दा ठुला व्यक्तिको सुझाव लिनु उपयुक्त हुनेछ। दान गरेर दिनको सुरुवात गरेमा दैनिकी सहज बन्ला।

मीन : दिन सामान्य छ। मनमा अनर्थको तर्क चल्नेछ। धार्मिक कुरामा अविश्वास बढ्नेछ। हरेक काममा मिहिनेत गर्नुपर्नेछ। स्वास्थ्यमा समस्या बढ्नेछ। परिवारको सल्लाहमा अगाडि बढ्नु उचित हुन्छ।

सम्बन्धित विषय:

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट