२०८३, जेठ ३१ गते

आइतवार, जेठ ३१ गते २०८३

राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको छ : प्रधानमन्त्री ओली

शनिवार , भाद्र १४, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटवार्ता फलदायी भएको बताएका छन् । उनीहरुबीच चीनको तियानजिन अतिथि गृहमा द्वीपक्षीय भेटवार्ता भएको हो ।

प्रधानमन्त्री ओलीले लगातार दोस्रो वर्ष राष्ट्रपति सीलाई भेट्न र फलदायी द्विपक्षीय वार्ता गर्न पाउँदा खुसी लागेको बताए ।

भेटपछि ओलीले एक्समा लेखेका छन्, ‘राष्ट्रपति सीलाई लगातार दोस्रो वर्ष भेट्न पाएकोमा र फलदायी द्विपक्षीय वार्ता गर्न पाएकोमा खुसी छु, विभिन्न विषयहरूमा भएको प्रगतिबारे समीक्षा गर्‍यौं र द्विपक्षीय सहकार्यलाई अझ सुदृढ बनाउने सहमति जनायौं ।’

प्रधानमन्त्री आजै आफ्नो औपचारिक भ्रमणका सिलसिलामा चीन पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस

write your comment
Anonymous
0/1000
Your information is secure and private
0

No Comments Yet

Be the first to comment!

ताजा अपडेट
चर्चित
images
images
सम्बन्धित समाचार
ताजा अपडेट