चीन । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिङसँग नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबीच भएको सहमतिका विषयमा स्पष्ट रुपमा आपत्ति रहेको कुरा राखेका छन् । प्रधानमन्त्री ओलीले राष्ट्रपति सीसँग सो कुरा राखेको परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
उनका अनुसार सौहार्दपूर्ण र द्विपक्षीय भेटका अवसरमा दुई देशबीचको मित्रवत सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।
त्यस्तै, सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभागहरु सार्वभौम मुलुक नेपालको भएको स्पष्ट रहेको उनले बताए । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास नेपालले लिएको उनले बताए ।
https://sunaulonepal.com/content/380211/
प्रतिक्रिया दिनुहोस